दफा ८
सिफारिस लिनु पर्ने
(१) खाद्य पदार्थको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र सञ्चय गर्ने तोकिए बमोजिमका उद्योग स्थापना गर्न चाहने व्यक्तिले त्यस्तो उद्योग दर्ता गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट सिफारिस लिनु पर्नेछ।
(२) प्रदेश कानून बमोजिम प्रदेश सरकारको उद्योग दर्ता गर्ने निकायमा दर्ता गरी खाद्य पदार्थको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र सञ्चय गर्ने उद्योग स्थापना गर्न चाहने व्यक्तिले प्रदेश सरकारले तोकेको खाद्य स्वच्छता सम्बन्धी काम गर्ने कार्यालय वा निकायबाट सिफारिस लिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम प्रदेश सरकारले खाद्य स्वच्छता सम्बन्धी काम गर्ने कार्यालय वा निकाय नतोकेसम्म सो उपदफा बमोजिमका उद्योग स्थापनाको लागि उपदफा (१) बमोजिम विभाग वा विभागले तोकेको कार्यालयबाट सिफारिस लिनु पर्नेछ।
(४) उपदफा (१) वा (२) बमोजिम सिफारिस लिन चाहने व्यक्तिले देहाय बमोजिमका कागजात तथा विवरण संलग्न गरी विभाग, सम्बन्धित कार्यालय वा निकायमा निवेदन दिनु पर्नेछ: -
(क) उद्योग दर्ता गर्ने निकायले सिफारिस माग गरेको पत्र,
(ख) उद्योगको पुँजी, किसिम र क्षमता, र
(ग) उत्पादन र प्रशोधन गर्न चाहेको: खाच्च- पदार्थको खाच स्वच्छता तथा गुणस्तर कायम गरिने प्रक्रिया सम्बन्धी प्राविधिक प्रस्ताव र तत्सम्बन्धी जनशक्तिको विवरण ।
(५) उपदफा (४) बमोजिम, प्राप्त कागजात तथा विवरणउपर जाँचबुझ गर्दा निवेदकले उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र सञ्चय गर्न चाहेको खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न सक्ने देखिएमा विभाग, सम्बन्धित कार्यालय वा निकायले दस्तुर लिई उच्योग दर्ता गर्न सिफारिस दिनेछ ।